३ महिनापछि विदुरमा पिउने पानी

३ महिनापछि विदुरमा पिउने पानी

नुवाकोट : बाढीपहिरोका कारण अवरुद्ध भएको नुवाकोटस्थित विदुरको पिउने पानी योजना तीन महिनापछि सञ्चालनमा आएको छ। यसबाट ४५ सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आइरहेको खानेपानी आवश्यक मर्मतपछि अस्थायी रूपमा एक महिनापछि सदरमुकाम विदुरमा वितरण गरिएको हो। स्थायी निर्माणका लागि योजना भइरहेको संस्थाले जनाएको छ।

असार अन्तिम साताको बाढीपहिरोका कारण पानीको संरचना बगाएर अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी वितरण सेवा सुरु भएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठको भनाइ छ। उनका अनुसार अस्थायी रूपमा सञ्चालन गरिएको र स्थायी रूपमा पुनर्निर्माण गर्न छुट्टै र विशेष योजना वनाउने कार्य भइरहेको छ।

पिउने पानी अस्थायी रूपमा सञ्चालन गर्न सरोकारवाला निकाय, संस्थाका पदाधिकारी, प्राविधिक कर्मचारी तथा सहयोगीको अनवरत प्रयासको फलस्वरूप विदुर र बट्टारको ट्यांकीमा खानेपानी ल्याएर वितरण गरिएको उपाध्यक्ष नवराज न्यौपानेको भनाइ छ। दक्षिण एसियाकै नमुना खानेपानी आयोजनामा खानेपानीको आपूर्ति बन्द हुँदा विदुर नपा १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ता ४५ सयभन्दा बढी घरधुरी प्रभावित भएका थिए।

नियमित रूपमा खानेपानी अवरुद्ध हुँदा संस्थाले वैकल्पिक रूपमा डिप बोरिङमार्फत उपभोक्तालाई तालिकाअनुसार खानेपानी वितरण गरेको थियो। बाढीपहिरोका कारण अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी सञ्चालन गर्न थ्री फेज विद्युत् लाइन उपलब्ध गराइएको संस्थाका सचिव राजेन्द्र पाण्डेको भनाइ छ। पिउने पानी धारामै आएपछि हजारौं उपभोक्ताहरू निकै खुसी भएका छन्। बाढी र पहिरोले क्षतिग्रस्त फलाखु खोलाको पाइपलाइन अनवरत मर्मतपछि पोलिथिन पाइप लाइन जडान गरी मुहानबाट पहिले जस्तै ग्र्याभिटी फ्लोबाट पिउने पानी सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.