पञ्चवर्षीय गढीमाई मेलामा खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

पञ्चवर्षीय गढीमाई मेलामा खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

पञ्चवर्षीय गढीमाई मेला पशु बलीका लागि विश्वमै प्रसिद्ध छ।

वीरगन्ज : संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बाराको बरियारपुरमा लाग्ने विश्वप्रसीद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा आउने दर्शनार्थी र भक्तजनहरुका लागि शुद्ध खानेपानीको प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

बाराको महागढीमाई नगरपालिका-२ बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा मंसिर दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्दैछ। पञ्चवर्षीय गढीमाई मेला पशु बलीका लागि विश्वमै प्रसिद्ध छ।  

शनिबार बिहान बरियापुरस्थित गढीमाई मन्दिरको दर्शन गरेपछि मेलाको लागि भइरहेको तयारीबारे स्थलगत अवलोकनपनि मन्त्री यादवले गरे। स्थलगत अवलोकनपछि मन्दिर परिसरमै आयोजित कार्यक्रममा मन्त्री यादवले गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए।

खानेपानी मन्त्रालयका कर्मचारीसमेत सहभागी कार्यक्रममा मन्त्री यादवले आगामी मंसिर दोस्रो सातादेखि लाग्न गइरहेको गढीमाई मेलाको तयारीबारे मेला मूल आयोजक समिति र मन्दिर सञ्चालन समितिका पदाधिकारिहरूसँग जानकारी पनि लिए। मन्त्री यादवले पञ्चवर्षीय गढीमाई मेलामा देशविदेशबाट लाखौँ श्रद्धालु र भक्तनहरु आउने भएकाले उनीहरूले गर्ने दर्शन र यात्रामा कुनै असुविधा नहुने गरी प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए। 

यसअघिको पञ्चवर्षीय गढीमाई मेलामा खानेपानी र शौचालयको अभावले दर्शनार्थी र भक्तजनहरुले समस्या खेप्नु परेको गुनासो आएको स्मरण गराउँदै मन्त्री यादवले भने,‘विगतकोबाट पाठ सिकेर यस पालिको मेला त्यस्तो समस्या नहोस् भनेर हामीसबै समयमै लाग्नुपर्छ। त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तत्पर छ।’

गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सेवा सुविधाका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग मन्त्रालयले समन्वय गरी समयमै उचित र भरपर्दो व्यवस्थापन मिलाउने प्रतिबद्धता पनि उनले जनाए। गढीमाई मेलामा आउने प्रत्येक श्रद्धालु र दर्शनार्थीको सुविधा सुनिश्चित गर्न नेपाल सरकारपनि प्रतिबद्ध रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.