बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, आक्रोशित भीडले जलाए बस

बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, आक्रोशित भीडले जलाए बस

झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन्।  

पूर्व पश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-५ स्थित रबी पेट्रोल पम्प अगाडि शनिबार दिउँसो साढे १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

दुर्घटनापश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डीएसपी चन्दको भनाइ छ। घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो। दुर्घटना कारण पूर्व पश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो।

प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आउजाउको व्यवस्था मिलाइएको थियो। बस चालक घेरादह नगरपालिका-१ का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.