फापर थन्क्याउँदै मुस्ताङी

फापर थन्क्याउँदै मुस्ताङी

जोमसोम : मुस्ताङका किसान यतिबेला रैथाने बाली थन्क्याउन जुटेका छन्। रैथाने बाली अन्तर्गत फापर खेती मुस्ताङको लोकप्रिय खाद्य बाली हो।

मुस्ताङका किसानलाई दसै पर्वसँगै रैथाने बाली फापर थन्क्याउने चटारो चलेको हो। 

घरायसी प्रयोजन, धार्मिक कर्म  तथा विदेशमा आफ्ना आफन्तजनलाई कोशेली पठाउने प्रयोजनका लागि मात्रै मुस्ताङका किसानले परम्परागत रैथाने फापर खेती पछ्याउँदै आइरहेका छन्। जिल्लाको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका किसानलाई फापर बाली भित्र्याउने चटारो चलेको हो।

खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुन्छ। फापर काटेर लगातार ३ दिनसम्म डाठसँगै खेतबारीमा सुकाएपछि किसानले फापरको केस्रा निकाल्ने गर्छन्। फापरको डाँठ परालका रूपमा पशु जनावरलाई दिन सुकुटी पारेर राखिन्छ भने फापरको मीठो विभिन्न परिकार बनाएर खाने प्रचलन छ।

परम्परागत लौरीले चुटेर फापरको केस्रा निकाल्ने पुरानो प्रचलन भएपनि पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा संकलन गर्छन्। मुस्ताङका अधिकांश किसानले प्राय गरी घरायसी प्रयोजनका लागि मात्रै सीमित मात्रामा फापर खेती गर्ने गर्छन्।

मुस्ताङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले सदिंयौं वर्षदेखि रैथाने फापर खेती अपनाउँदै आइरहेका छन्।  मुस्ताङमा उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमी लगायत फापर खेती पनि यहाँको मुख्य ब्रान्ड बनेको छ। मुस्ताङको तलो क्षेत्र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि तलाो क्षेत्र थासाङ-४ पैरोथाप्लासम्म फापर खेती गर्ने गरिन्छ। फापर खेती अन्तर्गत स्थानीयले मिठे फापर र तिते फापरको खेती गर्ने प्रचलन छ। समुन्द्री सतहको १ हजार ९८४ मिटरदेखि ३हजार ९०० सय मिटरको अग्लो उचाइको क्षेत्रमा फापर खेती गरिन्छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ।

फापर बाली अन्तर्गत मिठे फापरको खेती तलो मुस्ताङमा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर  असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याउने गरिन्छ। तीते फापर साउन र भदौ महिनामा खेतबारीमा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ। उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीका छरेर  कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याउने काम सुरु हुन्छ। यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याउने गरिन्छ।

फापर बोटको औसत १०० सेमीदेखि ११० सेमीसम्म हुने गर्छ। फापर बाली अन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रंगको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रंगको हुन्छ। तिते फापरको सेतो रंगको फूलहरू फल्दछ। फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर मीठो तयार गरिन्छ। विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ।

मुस्ताङमा अन्य खाद्य बालीको तुलनामा कम झन्टिलो हुने गरे पनि यहाँका किसानले फापर खेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन। हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनमा मात्रै अपनाएको पाइन्छ। घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए। उनले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकैले सम्बन्धित किसानहरूलाई रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम गर्ने गरेको बताए।

फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुने बताइन्छ। फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ। यसले मानिसको माटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुने बताइन्छ। विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुने गर्छ। यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुन्छ।

मुस्ताङका किसानले फापर खेतीलाई अन्तरबालिका रूपमा समेत अपनाउँदै आइरहेका छन्। स्याउ बगैँचा भित्र किसानले फापर खेती गरेर दोहोरो फाइदा लिने गरेको पाइन्छ। घरपझोङका किसान निरज थकालीले रैथानी बाली फापर खेती सदियौं वर्षदेखि किसानले अपनाउँदै आइरहेको बताए। फापरको परिकारले धार्मिक पूजाआजा ,घरायसी प्रयोजन र कोसेलीको रूपमा पठाउनकै लागि फापर खेतीले निरन्तरता पाउने गरेको उल्लेख गरे।  मुस्ताङी रैथाने ब्रान्ड फापरको मीठो मुस्ताङमै मात्र होइन ठूला ठूला होटलहरूमा समेत उपलब्ध हुने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.