अवैध लागूऔषधसहित दुई दिनमै १९ जना पक्राउ

अवैध लागूऔषधसहित दुई दिनमै १९ जना पक्राउ

काठमाडौं : अवैध लागुऔषधसहित दुई दिनमा १९ जना पक्राउ परेका छन्। देशका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेको प्रहरीले जचानकारी दिएको छ। प्रहरीले झापा, उदयपुर, सुनसरी, बाँके, धनकुटा, धनुषा र तनहुँबाट १९ जनालाई पक्राउ गरेको हो। 

प्रहरीले झापाको भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 
त्यस्तै झापाकै मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय रूपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेत छन्।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका-१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय असिम राई छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

त्यस्तै सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सप्तरी राजविराज नगरपालिका-२ तित्री गाछी बस्ने २९ वर्षीय रोहित कुमार मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ४१८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

सुनसरीकै कोशी गाउँपालिका-१ पुडी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ७० मिलिग्राम सहित ईटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३६ वर्षीय अग्रदिप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ९८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित भारत बहराईच रूपैडिया बस्ने ३२ वर्षीय राजा सैयादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिले सिरानस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ हिले बस्ने २५ वर्षीय फुर्वा तितुङ (तामाङ) र सोही नगरपालिका न्यूरोड टोल बस्ने २७ वर्षीय छितेन तामाङ रहेका छन्। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले शंकास्पद २ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।  

त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका-४ बेनिटरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित अर्घाखाँची मालारानी गाउँपालिका-७ बस्ने २२ वर्षीय तिलक पाण्डेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले तिलकसँगै रहेका १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। 

त्यस्तै धनुषाको धनौजी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ३२ वर्षीय ईश्वर किरने र २० वर्षीय कविराज विश्वकर्मा रहेका छन्। प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.