जसपा मधेसको मात्र नभई देशकै शक्तिशाली राजनीतिक शक्ति बन्छ : मन्त्री यादव

जसपा मधेसको मात्र नभई देशकै शक्तिशाली राजनीतिक शक्ति बन्छ : मन्त्री यादव

कलैया : नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले जसपाले आगामी दिनमा मधेस प्रदेशसँगै देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने दाबी गरेका छन्। 

बाराको कलैयामा आयोजित जसपा बारा जिल्ला कार्यसमिति घोषणा सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले जसपा पार्टीले सङ्गठन विस्तार र प्रभावकारी जनसम्पर्कका माध्यमबाट मधेससँगै देशको समृद्धि र अधिकार सुनिश्चित गर्ने बताए। 'हाम्रो शक्ति जनताको साथ हो। जसपा यही जनताको भावना बोकेर अघि बढ्ने पार्टी हो,' उनले भने।

बाराको कलैयास्थित कारणराज होटेलमा आयोजित जिल्ला कार्यसमिति घोषणा कार्यक्रममार्फत अजय पटेलको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ। मन्त्री यादवले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)सँग छुटिएको पृष्ठभूमिमा बोल्दै यस कदमलाई राजनीतिक आवश्यकता भएको बताए। उनले भने, 'जसपा नेपालसँग छुटिएर जसपाको निर्माणले मधेसको विकास र अधिकार सुनिश्चित गर्ने अभियानलाई थप बलियो बनाएको छ।' 

उनले जसपाले जनताको घरदैलोसम्म आफ्नो एजेण्डा पुर्‍याउन सङ्गठनलाई अझै व्यापक बनाउने योजना अघि सारेको बताए। 'हरेक कार्यकर्ताले इमानदारीका साथ पार्टीको नीति र कार्यक्रमलाई जनतामा पुर्‍याउनुपर्छ। हामी सङ्गठन विस्तारमा तीव्रता ल्याएर जसपालाई मधेसको ठूलो राजनीतिक शक्ति बनाउनुपर्छ,' उनले भने।

सङ्गठन सुदृढीकरणका लागि पार्टीका नेता-कार्यकर्ताहरूलाई सक्रिय रूपमा जनतासँग संवाद गर्ने, गाउँ-गाउँमा भेटघाट कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने निर्देशन दिँदै उनले थपे, 'हामीले जनताको मन जित्न जनमुखी कार्यक्रम ल्याउनुपर्छ। विश्वास दिलाउनुपर्छ कि जसपा नै उनीहरूको भविष्य निर्माणको सहयात्री हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.