नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज

नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज
तस्बिर : क्यान

काठमाडौं : नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।

यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन बनाए। 

जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो। अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए। नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो।

null

सुपर ओभरमा के भयो ?

सुपर ओभरमा सोमपाल कामीले धारिलो बलिङ गर्दै ४ बलमा अमेरिकाको २ विकेट लिन सफल भएका हुन्। अमेरिकाले सुपर ओभरमा चार बल ३ रनको चुनौती दिएको थियो। 

ब्याटिङमा उत्रिएका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरेका थिए।तेस्रो बलमा सोमपालले सायानलाई बोल्ड गरेका थिए । लगतै चौथो बलमा सोमपालले जोन्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा १/१ रन जोडेको नेपालले तेस्रो बल डट फालेको थियो। चौथो बलमा रन जोड्दै नेपालले सिरिज उचालेको हो।

nullसुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरेका थिए। यो सँगै नेपालको आजको खेलमा सोमपाल नायक बने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.