गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, एकजनाको मृत्यु, २६ घाइते

गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना, एकजनाको मृत्यु, २६ घाइते
सांकेतिक तस्बिर।

सप्तरी : कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठजना गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.