प्री ओपन सेसनमा १२ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १२ अंकले घटेर बन्द भएको छ। नेप्से १२.०१ अंकले घटेर २७३३.३५ विन्दुमा पुगेको छ। यस्तै यो समयमा सेन्सेटिभ इण्डेक्स २.३१ अंकले घट्यो।
यसदिन प्री ओन सेसनमा ८८ स्टक्सको १७ हजार ३६७ कित्ता सेयर ६३ लाख ७० हजार ३८७ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये १६ स्टक्सको मूल्य बढ्यो भने ५९ स्टक्सको मूल्य घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।