मनास्लुको ४ लाख किलो स्याउ गोदाममै थन्कियो

मनास्लुको ४ लाख किलो स्याउ गोदाममै थन्कियो

गोरखा : मनास्लु क्षेत्रलाई अर्गानिक स्याउ उत्पादन केन्द्र बनाउने उद्देश्यले व्यवसायीहरूले ठूलो परिमाणमा स्याउ खेती सुरु गरे। गण्डकी प्रदेश सरकारको सहयोगमा चुमनुब्री गाउँपालिकाका लाक्पा ढुण्डुप लामा, छिरिङ लामा, सरोज लामा, लाङ्बा गुरुङ, पातीकान्छा, देवेन्द्र गुरुङ, विष्णु गुरुङले हजारौं रोपनीमा स्याउ खेती गरे।

उत्पादन सुरु भएको तीन वर्ष भइसक्यो, तर ढुवानी गर्न नसकेर बर्सेनि गोदाममा नै स्याउ थन्किने गरेपछि उनीहरू चिन्तित भएका छन्। सफल व्यवसाय गरी यस क्षेत्रका अरु किसानलाई पनि अर्गानिक स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले उनीहरूको ठूलो लगानी गरेका थिए। तर, उत्पादित स्याउ गोदाममै थन्किने गरेको व्यवसायी लाक्पाडुण्डुप लामाले निराशा व्यक्त गरे।

प्रोकका लाक्पाले १२ हजार ५ सय बोट, ल्होका छिरिङले पाँच हजार, लोक्पाका सरोजले ३५० बोट, सिर्दिबासका लाङ्वाले १७००, पातीकान्छाले ९ सय, सिर्दिबासकै देवेन्द्रले १७००, आँगाका विष्णु गुरुङले ५०० थान स्याउ खेती गरेका थिए। तर स्याउलाई बजारसम्म लैजान नसकेको किसानहरूको गुनासो छ।

लाक्पा ढुण्डुपले आफ्नो बगैंचाको १२ बोटको करिब साढे ४ लाख किलो स्याउ घरमै थन्किएको गुनासो गरेका छन्। चुमनुब्री ४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टको स्याउबारीको १२ हजार ५ सयवटा बोटमा फलेको स्याउलाई उनले चुमनुब्री स्याउ नामाकरण गरेका छन्। उत्साहपूर्वक उत्पादन गरेको स्याउ टिपेर घरमै थन्क्याएर राख्नुपर्दा निराश बनाएको लामाले जानकारी दिए। ‘हाम्रो गाउँपालिकामा मोटरबाटो छैन त्यसैले, स्याउ ढुवानी गरेर बजार पु¥याउन नसकिएको हो’, उनी भन्छन्, ‘मनास्लु क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकाले हेलिकोप्टर चार्टर गरी  स्याउ बोक्न पनि समस्या छ। हेलिकप्टरमा बोक्दा महँगो पनि पर्छ। प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। खच्चडमा बोकाउँदा चोट लाग्ने, बिग्रिने हुन्छ। मान्छेले बोकेर साध्यै लाग्दैन।’ 

आफूहरूले स्याउ खेती सुरु गर्दा मनास्लु क्षेत्रमा सडक बिस्तारको काम धमाधम भइरहेको थियो। ‘तीन वर्षभित्र पक्कै सडक आइपुग्छ अनि, स्याउ ढुवानी गर्न समस्या पर्दैन भन्ने अनुमान गरेर लगानी ग¥यौँ तर, अहिलेसम्म सडक निर्माण पनि भएको छैन। अझै सडक सञ्जालले जोड्न वर्षौं लाग्न सक्ने देखिन्छ’, चुमनुब्री–२ स्थित विशाल मनास्लु फार्म तथा अध्ययन केन्द्रका छिरिङ लामा भन्छन्, ‘हामीले स्याउलाई विशुद्ध अर्गानिक बनाउन, गुणस्तरीय बनाउन धेरै लगानी गरेका छौँ। नयाँ पुस्तालाई स्याउखेतीमा आकर्षित गर्न धेरै मेहनत गरेका छौँ, तर उत्पादन भएको स्याउ थन्कियो।’ मनास्लु क्षेत्रमा आउने पर्यटक, आरोही, स्थानीयवासीहरूलाई करिब १ हजार किलो बेचेको उनको भनाइ छ। 

स्थानीय बजारमा अहिले खुद्रामूल्य प्रतिकेजी ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा बेचिरहेको उनले बताए। बजारसम्म पु¥याउन सके यो वर्ष मूल्य केही समायोजन गरेर बिक्री गर्ने योजनासमेत रहेको लामाले बताए। स्थानीय स्तरमा नै स्याउको विभिन्न परिकार बनाएर बिक्री गर्ने गरेको उनले बताए। लामाका अनुसार घरायसी प्रयोजनका लागि एप्पलसाइडर, जुस, जाम, सुकुटी जस्ता परिकारहरू बनाएर बिक्री गरेको बताए। 

यहाँ गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच जातका स्याउ उत्पादन हुने गर्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.