पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

पञ्चकन्या स्टिललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

काठमाडौं : पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिल प्रालिको उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ का लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ। 

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ। गत असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठज्यूले उक्त प्रमाण पत्र ग्रहण गरे।

पञ्चकन्या स्टिलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत हो। कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ। यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ।

यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिँदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो। 

हालसम्म विश्वका ४८० उद्योगका ९५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन्। सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यव्रmममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागी महानुभावहरुले गर्व र सन्तोषको महसुस गर्नु भएको थियो।

विश्व व्यापी रुपमा तापक्रम बढ्ने क्रम जारी छ र वातावरणमा नकारात्मक असर परिराखेको वर्तमान अवस्थामा वातावरण मैत्री प्रविधिलाई लागू गर्नु पर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै यस्ता प्रविधि र सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा सबैको सहमति भयो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.