शहरी विकास मन्त्री सिंहले सय दिनमा के-के काम गरे ?

शहरी विकास मन्त्री सिंहले सय दिनमा के-के काम गरे ?

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन्।

शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हाँसिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जसअनुसार धरहरा खुल्ला गरिएको, ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरिएको जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुननिर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ५० वटा झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालु अवस्थामा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री सिंहले शहरलाई सुरक्षित गर्न  आवश्यक नीति बनाउन आफूले काम गरिररहेको बताए।  काम गर्नेहरूलाई काम गर्ने वातावरण बनाउने गरि नयाँ नीति र ऐनहरू ल्याउन काम गरिरहेको उनको भनाइ छ ।

मन्त्रालयले पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल सञ्चालन आएको जनाएको छ भने गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न भइ १ महिनाभित्रमा गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त हुने उल्लेख गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.