पोखरामा निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, झडपपछि प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

पोखरामा निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, झडपपछि प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

पोखरा : कास्कीको पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । 

प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउनका लागि प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरेपनि प्रदर्शनकारीले निषेधित क्षेत्रमा नै प्रदर्शन गरिरहेका छन् । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा हाजिर गराउदा उनका समर्थकहरुले कास्की अदालत नजिकै प्रदर्शन गरेका हुन् । 

निरन्तरको प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयले कास्कीका शहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर रास्वपा नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वको टोलीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलन प्रकरणमा संलग्न जीबी राई मलेसिया पुगेको प्रहरीले बताउँदै आएको छ। 

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर म्याद थपका लागि आइतबार पेस गरिने भएको छ। लामिछानेसहित १४ जनालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न कास्की अदालतले अनुमति दिएको थियो। 

लामिछानेलाई पक्राउ गरेपछि समर्थकहरुले पोखरामा नाराबाजी गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। ‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८१/०७/०४ गते बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’ प्रजिअबाट जारी भएको आदेशमा भनिएको छ, ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

कहाँ-कहाँ छ निषेधित क्षेत्र  ?

निषेधाज्ञा लागू हुने क्षेत्रको चार किल्ला:
१. शहिदचोक आसपासका क्षेत्र:
पूर्व तर्फ: वाई चोक (उत्तर पूर्वतर्फ मिलनचोक)
पश्चिम तर्फ: फिस्टेल गेट (वैदाम)
उत्तर तर्फः मालपोत कार्यालय, कास्कीदक्षिण तर्फ: मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाईड)

२. गैह्रापाटन आसपासका क्षेत्र:
पालिखेचोकदेखि नविन मा.वि. सम्मको सडक क्षेत्र ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.