मनाङमा लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु

मनाङमा लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु

मनाङ: मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीय मार्कुस सेसलर रहेका छन्। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीटजरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका उनको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले बताए। राति सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। 

‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो’, प्रहरी निरीक्षक केसीले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।’ उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.