नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको तीन दिने इन्जिनियरिङ प्रदर्शनी हुँदै

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको तीन दिने इन्जिनियरिङ प्रदर्शनी हुँदै

काठमाडौं : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको तीन दिने इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ। इन्जिनियर्स भ्लग्सले सगरमाथा इन्जिनियरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहयोगमा प्रदर्शनी आयोजना गर्न लागेको हो। 

सोही कलेजको प्रांगणमा आगामी मङ्सिर २१, २२ र २३ गते सञ्चालन हुने प्रदर्शनीको नाम ‘ओर्बिट इन्जिनियरिङ्ग एक्स्पो २.०’ दिइएको छ। 

इन्जिनियरिङ विद्यार्थी तथा पेशेवरहरूको सिर्जनात्मकता, नवीनता, र प्राविक क्षमता प्रदर्शन गर्ने र गराउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो। उक्त तीन दिने कार्यक्रममा सिभिल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर तथा अन्य इन्जिनियरिङ र सो सरहका क्षेत्रमा संलग्न +2 स्तर लगाएतका अन्य व्यक्तिहरूले आ-आफ्ना अत्याधुनिक परियोजना, विभिन्न वास्तविक समस्याहरूका प्राविधिक समाधानहरू र सो को समाधानका लागि नयाँ विचारहरू प्रस्तुत गर्नेछन्।

प्रदर्शनीमा रोबो सकर, रोबो वार, सीएडी प्रतियोगिता, सर्वेक्षण चुनौती, टेक्नो-बहस, प्रोजेक्ट डेमोन्स्ट्रेशन, ४८ घण्टे ह्याकाथन, पेपर ब्रिज प्रतियोगिता लगायतका अन्य आकर्षक प्रतिस्पर्धाहरूको पनि आयोजना गरिनेछ। यसले इन्जिनियरिङका उत्साहीहरूलाई मात्र नभई तल्लो माध्यमिक, माध्यमिक, +2 स्तर र सो सरहका विद्यार्थीहरूलाई पनि आकर्षित गर्नेछ। 

कार्यक्रमले सहभागीहरूको सहकार्य र नवीनतालाई प्रोत्साहित गर्दै दिगोपन र प्राविधिक प्रगतिका सन्दर्भमा आफ्ना विचारहरूलाई पुनर्निर्माण गर्न प्रेरित गर्नेछ। उक्त एक्सपोमा निःशुल्क स्वास्थ्य शिविर, भव्य सङ्गीत रात र नगद पुरस्कार वितरणसहितको समापन समारोह पनि हुनेछ।

यस प्रदर्शनीका इभेन्टहरूमा २० वटा रचनात्मक चुनौतीहरू जस्तै प्राचीन इन्जिनियरिङ्ग विरुद्द आधुनिक इन्जिनियरिङ्गः, भू-प्राविधिक चुनौतीहरू र प्रकोप जोखिम व्यवस्थापन, बिधुतीय हानी र यसको सुरक्षा, प्रविधि र वैदिक विज्ञान, काठमाडौंको वायु गुणस्तरसँगको लडाइँ, काठमाडौँ उपत्यकाको फोहोर पुनः प्रयोग, नेपालमा बायोमेडिकल प्रविधिको बृद्धि, सिँचाइ उपयोगका लागि बागमतीको पानीको उपचार, एआई/एमएल र नेपालमा यसको अनुकुलता, सामान्य घरपरिवारमा रोबोटहरू, नेपालको शहरहरूमा भविष्यको यातायातको नमुना, जलवायु परिवर्तनको प्रभावसँग नेपालको लडाइँ, आधुनिक नेपालको स्रोत नक्साङ्कन, ई-शासन, एसएमई प्रविधि तपाईंको स्थानमा, राष्ट्रिय रक्षा र सुरक्षा, नेपालीहरूको अन्तरिक्ष अन्वेषण र यससँगको सम्बन्ध, नेपालका लागि भविष्यको खाद्य समस्या र यसको इन्जिनियरिङ्ग समाधान, भविष्यको निर्माण प्रविधि र लेजर प्रविधिको प्रगति राखिएको छ। 

यसले नेपालमा कसरी कृत्रिम बुद्धिमत्ता (AI) को विकास हुँदैछ र यसलाई नेपालका विभिन्न क्षेत्रहरूमा कसरी अपनाइँदै छ भन्ने महत्त्वपूर्ण विषयहरूलाई पनि सम्बोधन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.