सेयर बजारमा ४७ अंकको गिरावट, सबै समूहको उपसूचक राताम्मे

सेयर बजारमा ४७ अंकको गिरावट, सबै समूहको उपसूचक राताम्मे

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा  पुगेको थियो। सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो।

नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा बढेको छ। आज ३१५ स्क्रिप्सको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार  ५७२ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी नगदी ग्रुपको ९.८९ प्रतिशतले बढ्दा हिमालयन लघुवित्त वित्तीय संस्थाको ५.९२,सिटीजन्स सुपर ३० म्युचुअल फण्डको ३.७९ र एनआईबीएल स्टबेल फण्डको ३.६४ प्रतिशतले बढ्यो।

यसदिन इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड बढीको सेयर कारोबार भयो।

कुमारी बैंकको ३७ करोड बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको २६ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको २३ करोड र नगदी ग्रुपको २१ करोड बराबरको सेयर कारोबार भयो।

यसदिन सबै समूहको उपसूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घट्यो।  कारोबारमा आएका १८ स्टक्सको मूल्य बढ्दा २२६ वटाको घटयो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.