अशक्त व्यक्तिलाई गाउँमै नागरिकता
धनकुटा : जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर अशक्त व्यक्तिहरूलाई नागरिकता प्रदान गरेको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई सहितको टोलीले शनिबार साँगुरीगढी गाउँपालिका-९ चाँदीबजारमा पुगेर ५ जना अशक्त व्यक्तिहरूलाई नागरिकता प्रदान गरेको हो।
नागरिकता पाउनेमा साँगुरीगढी गाउँपालिका-९ की ५३ वर्षीया सरिमाया राई, ५० वर्षीया इलाश राई, ४५ वर्षीया पूर्णमाया सार्की छिन्। यीमध्ये सरिमाया र इलाश शारीरिक अशक्त हुन् भने पूर्णमाया मनोसामाजिक समस्या भएकी व्यक्ति हुन्।
यस्तै १० नं. वडाका ५७ वर्षीय राइबहादुर राई, ५४ वर्षीया लिलामाया राईले पनि नागरिक पाएका छन्। उनीहरू राइबहादुर शारीरिक अशक्त र लिलामाया मनोसामाजिक समस्या भएका व्यक्ति हुन्। नागरिकता बनेसँगै उनीहरूले सामाजिक सुरक्षा भत्ता र अपांगता परिचय बन्ने बताइएको छ।