पाँच बुँदे घोषणापत्र जारी गर्दै रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

पाँच बुँदे घोषणापत्र जारी गर्दै रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न
सुन्नुहोस्

मुगु : पाँच बुँदे घोषणापत्र जारी गर्दै मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा कार्यशाला सम्पन्न भएको छ।

वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो।

घोषणपत्रमा कर्णाली प्रदेशमा जलवायु परिवर्तनका जोखिमसँग जुध्ने क्षमता अत्यन्त कम रहेको उल्लेख गरिएको छ। साथै तीनै तहका सरकारले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यक्रममा जलवायु परिर्वतनसम्बन्धी जोखिम व्यवस्थापन र जलवायुमैत्री क्रियाकलाप कार्यान्वयन गर्न विशेष प्राथमिकता साथ उठान गर्नुपर्नेमा जोड दिइएको छ।  

जलवायु परिर्वनका कारण महिला, बालबालिका, युवा सिमान्तकृत समुदायलगायतमा परेको प्रभाव, जोखिमता र जलवायु न्यायसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा विशेष प्राथमिकता साथ उठान गर्नुपर्ने घोषणपत्रमा उल्लेख छ ।

घोषणपत्रमा नेपालमा जलवायु परिर्वतनले पारेको प्रभावसँग जुध्न साथै जलवायुमैत्री विकासका अवसर प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्यलाई विशेष जोड दिनुपर्ने उल्लेख छ । 

‘जलवायु परिर्वतनले स्थानीय जनजीविकामा पारेको असर र प्राकृतिक विपद्को वैज्ञानिक लेखाजोखा गर्दै जोखिम व्यवस्थापन र असर कम गर्दै तीन वटै तहका सरकारको  क्षमता अभिवृद्धि गर्नु आवश्यक छ’, घोषणा पत्रमा उल्लेख छ, ‘आसन्न कोप–२९ सम्मेलनमा नेपालमा जलवायु परिवर्तनले पारेका असर र प्राप्त हुनसक्ने अवसरका साथै जलवायुमैत्री कार्यक्रम कार्यान्वयन गर्न जलवायु वित्तको आवश्यकताबारे विशेष पहल गर्नुपर्छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.