पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै भीम रावलसहित बिन्दा र उषा किरणलाई एमालेले सोध्यो स्पष्टीकरण

पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै भीम रावलसहित बिन्दा र उषा किरणलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेकपा एमालेले नेता भीम रावलसहित दुई नेतृलाई स्पष्टीकरण सोधेको छ। कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरुद्धमा बल्ने बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाईलाई स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी महासचिव शंकर पोखरेलले बताए।

आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गरेको र पार्टीको निर्णयविरुद्ध गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोधेको महासचिव पोखरेलको भनाइ छ। 'पार्टी कार्यालय भवन निर्माणका सन्दर्भमा केही साथीहरूले पार्टीको निर्णयविरुद्ध जानुभएको छ। के-कति कारणले उहाँहरूले त्यस्तो गतिविधि गरेको हो भन्ने विषयमा स्पष्टीकरण सोधिएको हो,' उनले भने।

त्यस्तै पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई पनि स्पष्टीकरण सोधिएको छ। पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.