जग्गा दानबारे महासचिव भन्छन्- महाविपत्तिका बेला भएको क्षतिको सहयोग प्राप्त गर्ने हक एमालेलाई पनि छ

जग्गा दानबारे महासचिव भन्छन्- महाविपत्तिका बेला भएको क्षतिको सहयोग प्राप्त गर्ने हक एमालेलाई पनि छ
सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेल सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानवीयताका रूपमा आफूहरूले जग्गादान स्वीकार गरेको बताएका छन्। भाटभटेनीका मालिक मिनबहादुर गुरुङले दिएको जग्गामा पार्टी कार्यालयको भवन बनाउने निर्णय गरेपछि एमालेको सर्वत्र विरोध भइरहेका बेला महासचिव पोखरेलले यस विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरे।

उनले विसं २०७२ को महाभूकम्पबाट बल्खुस्थित एमालेको पार्टी कार्यालयमा क्षति पुगेको र क्षति पुगेका जोसुकैलाई सहयोग प्राप्त गर्ने हक रहेको बताए। 'दस वर्षअघि भूकम्पबाट धेरै संरचनाहरू क्षति भए। हजारौं नागरिकका घर भत्किए। एमालेको पार्टी कार्यालय पनि त्यही बेला भत्कियो। एक जना व्यवसायीले एमालेले व्यहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु, म सहयोग गर्छु भनेपछि मानवीयताका रूपमा पनि लिनुपर्छ। महाविपत्तिका बेला भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेकको हुन्छ। त्यो नेकपा एमालेलाई पनि छ,' आइतबारको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग महासचिव पोखरेलले भेन।

उनले एमालेले सहयोग लिँदा अनुचित हुन्छ भनेर कहीँ नलेखिएको बताए। 'विपद् र संकटमा परेका बेला सहयोग गर्ने दायित्व राज्यको हो। तर, देशकै नागरिकले सहयोग गर्छु भन्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ,' उनले भने। उनले मिनबहादुरले दिएको जग्गादान कानुनी प्रक्रियामार्फत समाधान गर्ने बताए। 'स्वाभाविक रूपमा मिनबहादुर गुरुङबाट दान पाएका छौं। यो कानुनी प्रक्रियाबाट समाधान गर्छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.