इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा कम्तिमा ८७ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनि अहिले पनि केही मान्छे पुरिएको आशंका गरिएको छ।

उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ। गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधिजस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली सैन्य घेराबन्दीका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ। 

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले प्रहार गरेको रकेट आक्रमणको जवाफमा इजरायलले लेबनानको बेरुतमा उक्त समूहका लक्ष्यमा आक्रमण गरिरहेको टाइम्स अफ इजरायलले जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतिर ड्रोन प्रहार गरेपछि यो पछिल्लो आक्रमण भएको हो। 

सामाजिक सञ्जाल एक्समा नेतान्याहूले भनेका छन्, 'इरानको प्रोक्सी हिजबुल्लाहले आज मेरो र मेरी श्रीमतीको हत्या गर्ने प्रयास गर्नु गम्भीर गल्ती थियो। यसले मलाई वा इजरायल राज्यलाई हाम्रो भविष्य सुरक्षित गर्न हाम्रा शत्रुविरुद्ध न्यायपूर्ण युद्ध जारी राख्नबाट रोक्नेछैन।'
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.