पाल्पामा ‘हेरिटेज राइड’ सञ्चालन हुने

पाल्पामा ‘हेरिटेज राइड’ सञ्चालन हुने
सुन्नुहोस्

तानसेन : पाल्पामा आउँदो कात्तिक २३ र २४ गते ‘हेरिटेज राइड–२०८१’ सञ्चालन हुने भएको छ। पाल्पा साइक्लिङ संघको आयोजनामा पाल्पामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने गरी ‘सम्पदा साइकल राइड’ आयोजना हुने भएको हो।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको सहभागितामा साइकल यात्रा हुने छ। जसमा जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरू,  पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको साइकल चलाएरै परिक्रमा गरिने छ। स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने मूल नाराका साथ साइकल यात्रा गर्न लागिएको संघले जनाएको छ।

साइकल संघ पाल्पाका अध्यक्ष रुपेश महर्जनले पाल्पाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूलाई  जोडेर साइकल यात्रा गर्न लागिएको बताए। यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुने संघका उपाध्यक्ष अमन शाक्यले बताए।  ‘कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत दर्ता गर्न आह्वान गरेको उनले बताए। 

कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५ सय  रुपैयाँ दर्ता शुल्क लाग्ने छ।  सहभागीहरूलाई  बस्ने खाने  सुविधा भने आयोजक पक्षले गर्ने छ। प्रचार–प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरूको प्रत्यक्ष अवलोकन गराई प्रचार गर्ने उद्देश्यले तानसेनका युवाहरूको सक्रियतामा हुन लागेको कार्यक्रमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.