बालुवाटारमा देउवा–ओली भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारमा आइतबार बेलुका दुई नेताबीच भेटवार्ता भएको हो।
भेटमा एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत छन्। कांग्रेसकातर्फबाट सभापति देउवा, महामन्त्री गगन थापा, रमेश लेखकलगायत छन्। सरकारका काम कारबाहीको विषयमा भेटवार्तामा छलफल भएको छ। प्रधानमन्त्री ओलीको नेतृत्वमा कांग्रेस एमाले गठबन्धन सरकार बनेको १ सय दिन भएको छ।
प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ। तर, कांग्रेसले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन। रास्वपा सभापति रवि लामिछाने पक्राउ, सरकारका काम कारबाही लगायतका विषयमा कांग्रेस र एमालेबीच छलफल भएको छ।
प्रतिक्रिया दिनुहोस !
४