काठमाडौं : अमेरिकाले टी २० सिरिजको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। सोमबार अमेरिकाको डालासमा भएको टी-२० शृंखलाको तेस्रो खेलमा अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।
नेपालका लागि सोमपाल कामीले शानदार बलिङ गर्दै ३ विकेट लिए। ललित राजवंशी र रिजन ढकालले १/१ विकेट लिन सफल भए।
यसैगरी अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए। उनलाई सोमपालको बलमा अनिल शाहले क्याच गरेर पेभेलियन फर्काएका हुन्। त्यसैगरी मिलिन्द कुमार ४३ रन, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपालले आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने लक्ष्य लिएको छ।नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रन र दोस्रो खेलमा सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।