सिरहामा आफ्नै साथीको हत्या गर्ने ५ जना पक्राउ

नसा सेवन गरेर फिल्मी शैलीमा हत्या

सिरहामा आफ्नै साथीको हत्या गर्ने ५ जना पक्राउ
सुन्नुहोस्

सिरहा : आपसी विवादमा आफ्नै साथीलाई हत्या गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका-१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद पक्राउ परेका हुन्। उनीहरुले आफ्नै गाउँकै साथी कृष्ण कुमार महरालाई हत्या गरेको आरोप लागेको छ।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका-१० शिवचौकमा दुर्गा पूजाको अवसरमा लागेको मेला हेर्न गएका थिए। त्यहाँ अन्य साथीहरु भेटेका थिए। सबै जनाले नसालु पदार्थ सेवन गर्ने योजना बनाए। सोही अनुसार मेला स्थानदेखि पुर्व खोला नजिक चौरमा गए। त्यहाँ उनीहरुले गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरे। सोहीक्रममा कृष्णले आफूले चिनेका महिला साथीलाई भेट्न बोलाए। त्यसपछि अन्य साथीहरुले आफूहरू पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे। त्यसमा कृष्ण राजी भएनन्। कृष्णले साथीहरूको कुरा इन्कार गर्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महरासमेत मिलेर ज्यान मार्ने योजनाअनुसार कृष्ण कुमार महरालाई चारैतिरबाट घेरा हाली समाती धारिलो कैँचीले घाटी तथा पेटमा रोपी अमानवीय हिसाबले क्रुर यातना दिई हत्या गरेका हुन्।

अपराधबाट बच्नको लागि उनीहरूले गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनेर कृष्णको कम्मरभन्दा माथिको भाग बालुवाले छोपी फरार भएका थिए। असोज २८ गते उनको शव हत्या गरेको अवस्थामा फेला परेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नैबाट हत्या भएको पुष्टि भएको ।

घरमै लुकेर बसिरहेका हत्या आरोपितहरूलाई शुक्रबार नै पक्राउ गरेको हो। आइतवार अदालतबाट म्याद थप सार्वजनिक गरेका छन्। ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा  अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.