रामेछापमा पालिकास्तरीय खुला ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता हुँदै

रामेछापमा पालिकास्तरीय खुला ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता हुँदै
सुन्नुहोस्

काठमाडौं : रामेछापको सैपुमा ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता हुने भएको छ। नमुनादीप युवा क्लबले आगामी कार्तिक ११,१२ र १३ गते पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष राजन बस्नेतले जानकारी दिए।

तीन दिन सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल लिखु तामाकोशी गाउँपालिका-२ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुनेछन्।प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रक्रिया जारी रहेको बस्नेतले जानकारी दिए। प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगाका स्थानीय तहबाट सहभागी हुने जानकारी प्राप्त भएको क्लबले जनाएको छ। टिम दर्ता कार्तिक १० गतेसम्म गर्न सकिने क्लबले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्नेछन्। खेलमा पालिकाभित्रका खेलाडी समावेश गरेर स्थानीय तह, संघ/संस्था, क्लबले टिम दर्ता गराउन सक्नेछन्। ‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं।’ क्लबका उपाध्यक्ष सुजन पौडेलले भने, ‘खेलमा पालिकाभित्रका खेलाडीमात्र समावेश गर्न पाइने छ। तर, पालिकाभित्रका खेलाडी समावेश गरेर क्लब/संस्थाले पनि टीम दर्ता गर्न सक्नेछन्।’

क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो ।

क्लबले भलिबल प्रतियोगिताको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ। टग अफ वारमा ६ सय केजी समूहसम्मका ९/९ जना खेलाडी रहनेछन्। विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी कार्तिक १२ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने क्लबले जानकारी दिएको छ।

‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, कलाकार तथा खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने र स्वास्थ्य शिविरमार्फत निशुल्क उपचार हुने भएकाले कार्यक्रमले विशेष महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं’ क्लबद्वारा जारी सूचनामा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.