गणेशमान सिंह टेनिस सोमबारदेखि
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको स्मृतिमा आयोजना हुने ‘चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता’को तयारी पूरा भएको छ। प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना हुँदैछ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी २३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहने संयोजक भाष्करमान सिंहले जानकारी दिए।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुनेछ। जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ ब्वाइज÷गल्र्स सिंगल्स÷डबल्स तथा खुला डबल्समा प्रतिस्पर्धा हुनेछ। जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ।
प्रतियोगिताको कुल पुरस्कार राशि नौ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ। सर्वाधिक नगद पुरस्कार पुरुष÷महिला सिंगल्समा रहेको छ। उक्त स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। जुनियरका पदक विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने छ।