पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, आवधिक निर्वाचनले गर्ने हो : एमाले महासचिव पोखरेल

पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, आवधिक निर्वाचनले गर्ने हो : एमाले महासचिव पोखरेल

एमाले अहिले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको पोखरेलले बताए।

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुन पार्टी कस्तो भन्ने परीक्षण आवधिक निर्वाचनले गर्ने टिप्पणी गरेका छन्। उनले एमाले आवधिक निर्वाचनबाट परीक्षणका लागि हरदम तयार रहेको बताएका हुन्। 

पार्टी कार्यालयको भवनका लागि जग्गा दान र शिलान्यासको विषयलाई संकेत गर्दै महासचिव पोखरेलले राजनीति गर्नेहरुले आ-आफ्नो पार्टी राम्रो बनाउन लाग्नुपर्ने भएकाले अरुको चिन्ता नगर्न आग्रह गरे।

‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ।’

‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेका छन्। राजनीति गर्नेहरुले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि। एमालेलाई कस्तो बनाउने एमालेजनलाई नै छोडिदिनु न। ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। 

जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? एमालेलाई राम्ररी थाहा भएको पोखरेलको भनाई छ। एमाले अहिले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उनले बताए। 

‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ।’ उनले प्रश्न गर्दै भनेका छन्,‘त्यही भएर नै नेकपा(एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ। कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ।’

कसरी भयो चर्चा ?

हालै भाटभटेनीका सञ्चालक गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले दिएको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा केन्द्रीय कार्यालयको शिलान्यास गरेपछि एमालेको टीकाटिप्पणी भइरहेको छ। गुरुङको सहयोगलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रूपमा स्वीकार गरेको एमालेले जनाएको छ। 

null

एमालेले लोकतान्त्रिक मुलुकमा पनि आमरूपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको बताउँदै यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको जनाएको छ। २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट काठमाडौं महानगरपालिका १४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एमाले कार्यालयविहीन भएको हो। त्यसपछि धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान भाडामा लिएर केही समय केन्द्रीय कार्यालय सञ्चालन गरेको थियो। त्यहाँ कार्यालय सञ्चालन भइरहँदा पनि एमालेको आलोचना भएको थियो। प्रतिष्ठानलाई दिएको जग्गा पार्टीले प्रयोग गरेको भन्दै आलोचना भएपछि थापाथली हाइटमा पार्टी कार्यालय सारियो। त्यहाँ पनि व्यापारीको घरमा स्वार्थ केन्द्रित भएर पार्टी कार्यालय सारिएको भन्दै आलोचना नै भयो। व्यवसायी एवं एमाले नेता मोतीलाल दुगडको पहलमा थापाथलीमा कार्यालय सारिएको थियो।

त्यसपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका सारियो। हाल च्यासलमा नै केन्द्रीय कार्यालय छ। यस वर्षमात्र चारपटक च्यासलस्थित कार्यालय बाढीको चपेटामा परी केन्द्रीय कार्यालय मुख्य सेटअफ (केन्द्रीय कार्यालय, लाइबे्ररी, स्टोर, आईटी, प्रशिक्षण कक्ष, सभाहलहरू र प्रशासनिक कक्षसमेत पूर्णरूपमा ध्वस्त भयो। बाढीका कारण पार्टी कार्यालयको नियमित कार्य गर्न समेत कठिनाइ हुँदै आएको छ। लगातार बाढी पसेर कार्यालय डुबान भएपछि एमाले नयाँ कार्यालयको खोजीमा लाग्यो। भूकम्पले बल्खुस्थित कार्यालय भत्काएपछि नौं वर्षदेखि अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा एमाले रहेको थियो।

२०८१ वैशाख ८ र ९ गते गोदावरीमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधिपरिषदको प्रथम बैठकबाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिँगो बैठकबाट आह्वान गरिएको थियो। त्यसयता भएका केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको थियो। 

त्यसै बखत भाटभटेनीका सञ्चालन गुरुङले आफ्नो जग्गा निःशुल्क दिने र भवन पनि बनाइदिने प्रस्ताव राखे। त्यो प्रस्तावलाई औपचारिक रूपमा सचिवालय बैठकबाट पारित गरेर नै केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

जग्गा दान गरी भवन बनाइदिने भाटभटेनीका सञ्चालक गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको पनि एमालेले जनाएको छ। गुरुङले नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको एमालेले जनाएङ्को छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.