हारबाट जोगियो बंगलादेश

हारबाट जोगियो बंगलादेश
सुन्नुहोस्

काठमाडौं : साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको पहिलो खेलमै हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको बंगलादेशले इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा जहमेना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी थिइन् । दुई विपक्षी रक्षकलाई बिट गर्दै जहमेनाले उत्कृष्ट गोल गरेकी थिइन् । इन्जुरी समयमा सम्सुनुहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाएकी थिइन् । यसअघि सर्वाधिक सफल टोली भारतसँगको पहिलो खेलमा पाकिस्तान ५–२ गोलले पराजित भएको थियो । समूह ‘ए’मा भारतले एक खेलमा तीन अंक जोडेको छ । बंगलादेश र पाकिस्तानको भने एक÷एक अंक छ । बंगलादेश र पाकिस्तानबीच बुधबार हुने खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा भुटान र श्रीलंका आमनेसामने हुँदा अर्को खेलमा घरेलु टोली नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टोलीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । यस्तै समूह ‘बी’मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् । 

साफ च्याम्पियनसिप नेपालले आयोजना गर्न लागेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ मा पनि नेपालले नै आयोजना गरेको थियो । सन् २०२२ को संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ ।

६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । चार पटक भारतसँग पराजय बेहोरेको नेपाल अघिल्लो संस्करणमा बंगलादेशसँग घरेलु मैदानमै स्तब्ध बनेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.