दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं : आज राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ। विकास,आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
जसअनुसार विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र शहरी विकास मन्त्रालयका अधिकारीलाई बोलाइएको छ।
बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकास र योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल छलफल हुने कार्यसूची छ। यसैगरी बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।