प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २६९८.७० मा अडिएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा झरेको थियो।
आज यो समयमा ३६ स्क्रिप्सको ४ हजार ८७७ कित्ता सेयर २२ लाख २५ हजार ४४८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका १६ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।