जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख बर्माको निधन

जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख बर्माको निधन
सुन्नुहोस्

सिन्धुली : जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख शंकरराज बर्मा तिवारीको निधन भएको छ। लामो समयदेखि अचेत अवस्थामा रहेका बर्मा तिवारीको आइतबार राती साँढे ९ बजे ५८ वर्षको उमेरमा घरमै मृत्यु भएको एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिए। 

तिवारी २०७४ सालको स्थानीय निर्वाचनमा जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा निर्वाचित भएका थिए। 
नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै बागमती प्रदेश कमिटी सदस्य समेत भएका बर्मा २०५४ सालको आम निर्वाचनमा तत्कालिन निपाने गाविसको अध्यक्षमा समेत निर्वाचित भएका थिए। 

२०७९ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएका थिए। त्यसपश्चात बर्मा एकाएक बिरामी भएका थिए।  ‘उनको पेटमा समस्या आएको र ज्वरो आएपछि उपचारका क्रममा अस्पताल लगिएपनि उपचार सफल हुन सकेको थियन। उपचारकै क्रममा अचेत भएका बर्माको होस आएन। झण्डै दुई वर्ष अचेत अवस्थामा रहनु भएका बर्माको आइतबार दुःखद निधन भएको छ, उहाँ प्रति हामी भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं। उहाँको निधनले सिंगो एमाले पार्टी र जिल्लाको राजनितिमा अपूरणीय क्षति पुगेको छ,’ श्रेष्ठले थपे।

श्रेष्ठको श्रीमती एक छोरा र एक छोरी रहेका छन्। उनको सोमबार धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.