भारतका चर्चित गायक जुबिन नौटियालको नेपालमा हुने कन्सर्टलाई अन्नपूर्णको साथ

भारतका चर्चित गायक जुबिन नौटियालको नेपालमा हुने कन्सर्टलाई अन्नपूर्णको साथ
सुन्नुहोस्

काठमाडौं : भारतका चर्चित गायक जुबिन नौटियालले नेपालमा गर्न लागेको कन्सर्टमा अन्नपूर्ण मिडिया नेटर्वक अफिसियल मिडिया पार्टनर हुने भएको छ । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउन लागेको हो ।

नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४(मंसिर २९ गते शनिबार) मा हयात होटल परिसरमा हुनेछ । सोमबार अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टर तीनकुनेस्थित कर्पोरेट टावरमा भएको एक समारोहमा अन्नपूर्ण मिडिया नेटवर्क र एन अटिजम केयर फाउन्डेशनबीच अफिसियल मिडिया पार्टनर रहने सम्झौता भएको छ । 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र एन अटिजम केयर फाउन्डेसनका चेयरम्यान रमिला श्रेष्ठले हस्ताक्षर गरे । ‘हाम्रो मिसन भनेको अटिजम भएका व्यक्तिहरूसहित समावेशी समाज सिर्जना गर्नु हो,'श्रेष्ठले भनिन् ,‘अटिजम भएका व्यक्तिले अटिजमसहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु हाम्रो उद्देश्य हो ।‘

श्रेष्ठ पनि अटिजमग्रस्त बालककी आमा हुन् । उनको चार वर्षको छोरालाई अटिजम छ । उनको छोरालाई १८ महिनाको उमेरमा अटिजम देखा परेको थियो । सन् २०२२ मा उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड प्राप्त गरेका नौटियालका 'मेरी मा के बराबर केही नहि', 'मेरे घर राम आए हे','मेरि जिन्दगी हे तु'लगायतका सयौं चर्चित गीत छन् । फाउण्डेसनकी अध्यक्ष श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.