३८ वर्षमा एसईई उत्तीर्ण गर्ने गुरुङलाई सम्मान

३८ वर्षमा एसईई उत्तीर्ण गर्ने गुरुङलाई सम्मान
सुन्नुहोस्

गोरखा : गोरखाको दुर्गम खोर्ला गाउँका ३८ वर्षीय पतासिङ गुरुङलाई स्थानीय एक सामाजिक संस्थाले सम्मान गरेको छ । ३८ वर्षको उमेरमा पनि निराश नभई पढेर एसईई उत्तीर्ण गरेको भन्दै धार्चे गाउँपालिका–३ खोर्लाको सामुदायिक जनसेवा केन्द्रले दसैंको अवसर पारेर गुरुङलाई सम्मान गरेको स्थानीय छिरिङ गुरुङले जानकारी दिए ।

स्थानीय सातकन्या माविले घरदैलो कार्यक्रम गरेका बेला उनी कक्षा ८ मा भर्ना भई दुई वर्ष लगालग पढेर पाको उमेरमा एसईई उत्तीर्ण गरेको गुरुङले बताए । पढाइलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका उनलाई गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले कदरपत्रसहित सम्मान गरेका हुन् ।

अब उनको कम्प्युटर साइन्स पढ्ने रहर छ । मजबुरीका कारण यो वर्ष पढ्न नसके पनि अर्को वर्ष ११ कक्षामा भर्ना भई पढ्ने पतासिँङ बताउँछन् । ‘यही वर्ष नभए २–३ वर्षपछि भए पनि ११ मा भर्ना भएर पढ्छु, । सकेसम्म कम्प्युटर साइन्स लिएर पढ्ने इच्छा छ’, उनले भने । पाको उमेरमा एसईई उत्तीर्ण गरेर सम्मान पाउँदा खुसी लागेको उनको भनाइ छ । ‘सबै गाउँलेहरू भेला भएर सम्मान गरे । सम्मान पाउँदा अलिअलि लाज र धेरै खुसी महसुस गरेँ’, उनले भने ।

पढाइ छाडेको २१ वर्षपछि उनी पुनः विद्यालयमा भर्ना भई उनले पढेका हुन् । गुरुङले धार्चे–३ खोर्लास्थित सातकन्या माविबाट २०८० सालको एसईईमा सहभागी भई उत्तीर्ण गरेका हुन् । नियमितमा उत्तीर्ण हुन नसके पनि दोस्रो पटक मौका परीक्षा दिएर एसईई उत्तीर्ण गरेको पतासिङ बताउँछन् । ‘सुरुमा रिजल्ट आउँदा ४ वटा मुख्य–मुख्य विषयमा नै फेल भएको थिएँ, पछि दोस्रो पटक दोहो¥याएर परीक्षा दिएँ । सबै विषय कटेछ’, उनले भने ।

उनलाई श्रीमती, बालबच्चा र बा–आमाको जिम्मेवारीसहित पढ्ने कुरा सजिलो थिएन । ‘छोराछोरी पढाउने बेला बाउ आफैं स्कुल जान्छ’ भनेर छरछिमेकले कुरा नकाटेका पनि होइनन्, तर यसले उनलाई बिचलित बनाएन । पराइले कुरा काट्दा आफूलाई जसरी पनि एसईई उत्तीर्ण गरिछाड्ने जोश आएको उनी बताउँछन् ।

पढाइप्रतिको दृढ इच्छाशक्तिका कारण एसईई उत्तीर्ण गर्न सफल भएको उनी बताउँछन् ।पतासिङले खोर्ला गाउँमा विद्युत् महसुल संकलन गर्ने गर्दथे । विद्यालयसँगै आफ्नो जागिरलाई पनि निरन्तरता दिएका उनले हाल एसईई उत्तीर्ण भएसँगै विद्युत् प्राधिकरणमा अपरेटरका रूपमा जागिर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.