चाडबाडमा मात्रै गाउँ प्यारो

दशैं सकिएसँगै सुनसान बन्दै गाउँघर

दशैं सकिएसँगै सुनसान बन्दै गाउँघर

रुकुमपूर्व : रुकुमपूर्वका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्।  दशैं मान्न गाउँ आएकाहरू शहर फर्कन थालेपछि गाउँघर सुनसान बनेका हुन्।

उनीहरू फर्किएलगत्तै गाउँघर सुनसान बन्दै गएको स्थानीयहरू बताउँछन्। अहिले शहर फर्किनेको लर्को लागेको छ। सिस्ने गाउँपालिका–४ दादिङलगायत अन्य गाउँहरू यतिबेला सुनसान छन् । दादिङको मात्र नभइ यो नेपाली गाउँबस्ती सबैतिरको अवस्था हो।

चाडबाडमा गाउँ भरिँदा गाउँको शोभा नै अलग हुने स्थानीयहरू बताउँछन्। ‘दशैं आउँछ, शहरबजारतिर पढ्न गएका केटाकेटीहरू, जागिर गर्नेहरु र विदेश गएकाहरू एकैपटक गाउँघर फर्किन्छन्। जताततै बालबालिका खेलेको,गाएको,नाचेको देखिन्छ। आफन्तसँग भेटघाटमा व्यस्त देखिन्छन्, सिस्ने गाउँपालिका- ४ दादिङका सर्वजित विकले भने,' बुढाबूढीहरू पनि नातिनातिनासँग हाँस्न, बोल्न, खेल्न पाउँदा दंग हुन्छन्। त्यतिबेला गाउँघर स्वर्गझैं लाग्छ।'

तर, दशैंको बिदा सकिएसँगै गाउँ पसेकाहरू फर्किन थालेपछि सुनसान गाउँ देख्दा साह्रै नरमाइलो लाग्ने गरेको उनको भनाइ छ। ‘अब दशैं सकियो, केटाकेटी फेरि शहर झर्न थालिसके,  'उनले भने, बालबालिका नहुँदा घरको मात्रै नभइ गाउँकै शोभा नहुदो रहेछ।'

पछिल्लो समय  गाउँ छोडेर शहर बस्ने प्रचलन बढ्दो छ। पढाइ,जागिरलगायत विभिन्न कारणले गाउँ छोड्नेहरूको संख्या बढ्न थालेपछि गाउँघर सुनसान बन्दै गएका हुन्।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.