आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍यो : बामदेव गौतम

आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍यो : बामदेव गौतम
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका  छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका हुन्।

उनले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गरे । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गरे।

उनले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले त्यसलाई नसुनेको बताए । विश्वका क्षमतावान विज्ञहरूलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उनले बताए । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ ।

उनले आफूले प्रयाप्त अध्ययन गरेर नै बाढीपहिरोका बारेमा बोलेको उल्लेख गरे । त्यस्तै गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारवाही गर्नुपर्नेमा जोड दिए । उनले कुनै पार्टी वा व्यक्ति नहेरि सहकारी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.