दोषी पक्राउ नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाङ : दाङमा स्थानीय संघर्ष समितिले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ। दाङको भालुवाङमा नाबालिका बलात्कृत भएको १० दिन बितिसक्दा समेत प्रहरीले दोषी पक्राउ नगरेको भन्दै समितिले सडक अवरुद्ध गरेको हो।
दबाब मूलक कार्यक्रमअन्तर्गत दाङ-देउखुरीको भालुवाङमा अहिले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ।