सबै समूहको उपसूचक नकारात्मक

५७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

५७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं : सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिन आइतबार ४७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११.१४ अंकले घटेर ४७६.२४ विन्दुमा पुगेको छ।

नेप्से उच्च अंकले घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा गिरावट आएको छ। यसदिन ३१९ स्क्रिप्सको १ करोड ३८लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँमा खरिदबिक्री भए। आइतबार  ८ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विन नेपाल  लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंको ९.८२ प्रतिशतले बढ्दा  कालिका लघुवित्त वित्तीय संस्थाको ५.५२,पिपुल्स हाइड्रोपावरको ४.८४ र मानुषी लघुवित्त वित्तीय संस्थाो ३.९९ प्रतिशतले सेयर मूल्य बढ्यो।

नगदी ग्रुपका लगानीकर्ताले भने यसदिन गुमाए। सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नगदी ग्रुप र कुमारी बैंकले १७/१७ करोड सेयर कारोबार गर्दा नेपाल फाइनान्सको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्।  यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.३८ प्रतिशतले घट्यो। कारोबारमा आएका २३ स्टक्सको मूल्य बढ्दा २२१ वटाको घट्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.