बालबालिकालाई जुत्ता र खेलकुद सामग्री सहयोग

बालबालिकालाई जुत्ता र खेलकुद सामग्री सहयोग
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरिएको छ। वडा समितिको कार्यालयले विद्यालयमा अध्ययनरत सबै २३० जना बालबालिकालाई जनही एकएक जोर जुत्ता तथा खेलकुदका सामग्री वितरण गरेको हो। 

सोमबार विद्यालय परिसररमै आयोजित कार्यक्रममा वडाध्यक्ष सुशील साह कानुले बालबालिकाहरूलाई जुत्ता वितरण गरे भने फुटबल, ब्याडमिन्टन, लुडो, स्किपिङ डोरी, चेस लगायतका सामग्री विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमारी सिंहलाई प्रदान गरे।

विद्यार्थीहरूलाई खेलकुद तथा व्यायामका गतिविधिमा प्रोत्साहित गर्नका लागि विद्यालयकै आग्रहमा ती सामग्री वडा कार्यालयले सहयोग गरेको वडाध्यक्ष कानुले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.