बाढी पहिरोबाट सडकतर्फ १४ अर्ब र पुलतर्फ ९५ करोडको क्षति

बाढी पहिरोबाट सडकतर्फ १४ अर्ब र पुलतर्फ ९५ करोडको क्षति
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केहि समस्याहरू देखिएको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक,पुललगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केहि समस्याहरू देखिएको बताएका हुन्।

अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए। मन्त्री दाहालले इन्जिनियर,भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पूनर्विचार गर्नुपर्ने धारणा राखे।

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए। उनले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको दावी गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.