विस्फोटक सामग्रीसहित एकजना पक्राउ

विस्फोटक सामग्रीसहित एकजना पक्राउ
सुन्नुहोस्

स्याङ्जा : चापाकोट नगरपालिका-४ मल्याङकोटका ४५ वर्षीय गोविन्द पुरी पक्राउ परेका छन्। शनिबार साँझ उनको तीन तले घरको माथिल्लो तलाबाट दोस्रो तलामा भाँडाकुँडा सार्ने क्रममा सकेट बम विस्फोट भएको थियो। उक्त विस्फोटमा परी उनी घाइते भएका थिए। 

घाइते पुरी उपचारपछि घर फर्के लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। 

घरभित्र विस्फोट भएपछि प्रहरी अनुसन्धानका क्रममा हाई एक्सप्लोसिभ पिइके ९ सय ग्राम, डेटकड २ वटा १ मीटर ५ सेमी, जंगी राउण्ड ७ दशमलब ६२ एमएम का एउटा, खाली खोका २ थान भेटिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। 

विस्फोटक सामग्री सहित पुरी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। पुरी २ वर्षअघि नेपाली सेनाबाट अवकाश भएका थिए। बुबाआमासँग दसैँको टीका लगाउन लागि यहाँ आएका उनी सुनवल बस्ने गरेको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.