प्रिती राईको गोलमा नेपाललाई अग्रता
काठमाडौं : महिला साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ। दशरथ रंगशालामा भइरहेको खेलको पाँचौं मिनेटमा नेपालले अग्रता लिएको हो। नेपालका लागि प्रिती राईले गोल गरेकी हुन्।
सेमिफाइनल पुग्नका लागि नेपालले जित्नैपर्ने दबाब छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरी खेलेको थियो।