सविता र रेखाको गोलपछि नेपाललाई ३-० को अग्रता
काठमाडौं : महिला साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले ३-० गोलले अग्रता लिएको छ। सविता राना मगर र रेखा पौडेलले लगातार गोल गरेपछि नेपालले ३-० गोलको अग्रता लिन सफल भएको हो।
सविताले २८औं मिनेटमा गोल गरिन् भने रेखाले ३१औं मिनेटमा गोल गरिन्। यसअघि खेलको पाँचौं मिनेटमा नेपालले प्रिती राईको गोलबाट अग्रता लिएको थियो।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरी खेलेको थियो।