आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने त्रिविको निर्णय

आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने त्रिविको निर्णय
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने निर्णय गरेको छ। त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो।

शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय भएको उल्लेख गरेकी छन्।

फेसबुकमा उनले भनेकी छन्, 'त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ। उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि लागू गर्ने निर्णय गरेको छ। हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ।'

त्रिविले यसअघि नै प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको थियो। त्रिविको प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा अनिवार्य लागू गर्ने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.