रेखा पौडेलको ह्याट्रिक
काठमाडौं : माल्दिभ्सविरुद्ध रेखा पौडेलले ह्याट्रिक गरेकी छन्। महिला साफ च्याम्पियनसिपअन्तर्गत सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा रेखाले माल्दिभ्सविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन्।
उनले खेलको ३१औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी थिइन्। त्यसको १० मिनेटपछि ४१औं मिनेटमा दोस्रो र ४७औं मिनेटमा तेस्रो गोल गरिन्। यसअघि नेपालका लागि प्रिती राई र सविता राना मगरले एक-एक गोल गरेकी छन्।