धनुषामा अढाई वर्षीय छोरासहित महिला बेपत्ता

धनुषामा अढाई वर्षीय छोरासहित महिला बेपत्ता
सुन्नुहोस्

ढल्केवर(धनुषा) : गत साउन २९ गते दिउँसो अढाई वर्षीय छोरा लिएर घरबाट निस्किएकी धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरकी पूजा कुमारी महतो अझै सम्पर्कमा आएकी छैनन्। २३ वर्षीया पूजाको साथमा अढाई वर्षीय छोरा प्रिन्स पनि रहेको उनका श्रीमान सञ्जय कुमार महतोले जानकारी दिए।

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ। सञ्जयले बेपत्ता श्रीमती र छोराको खोजीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र बटेश्वर प्रहरी चौकीमा निवेदन समेत दिएका छन्।

‘म नभएको मौका छोपेर श्रीमती पूजा छोरासहित डेढ तोला सुन र पाँच लाख रुपैया नगद लिएर घरबाट निस्किएकी रहेछन्। दुई महिनाभन्दा बढी भइसक्यो अझै सम्पर्कमा आएकी छैनन्। मेरो छोरा पनि उनको साथमा छ,’ सञ्जयले भने।

आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उनको भनाइ छ। परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्त कहाँ खबर गरिदिन आग्रह गरेका छन्।

सञ्जयले ३० असोज २०७८ मा धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासकी पूजासँग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.