ठूलो मात्रामा भन्सार छलीका मोबाइल बरामद, वृद्ध पक्राउ

ठूलो मात्रामा भन्सार छलीका मोबाइल बरामद, वृद्ध पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको कोल्पुटारमा ठूलो परिमाणमा भन्सार छलीका मोबाइलहरू बरामद गरिएको छ। मोबाइलसहित एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। 

त्रिदेशीय सडकमार्ग अन्तर्गत रहेको गल्छी–देवीघाट–त्रिशूली सडकमार्गको बीचमा रहेको कोल्पुटारमा सोमबार भन्सार छली गरी ल्याइएको विभिन्न कम्पनीको मोबाइलहरू पहिलो पटक ठूलो मात्रामा बरामद भएको हो। 

बेलकोटगढी नगरपालिका-५, कोल्पुटारमा अस्थायी प्रहरी पोस्ट अगाडि चेकजाँच गर्ने क्रममा पृथ्वी राजमार्गको गल्छीबाट त्रिशूलीतर्फ आउँदै गरेको बा३ख ८६१२ नम्बरको हाइस माइक्रोबसलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा विभिन्न ११ किसिमका सोही ८९ थान मोबाइलसहित एक जना वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरीले मोबाइलसहित सोही गाडीमा यात्रारत कञ्चनपुरको बेदकोट नगरपालिका-१ का ५९ वर्षीय डम्बरसिंह विष्टले झोलामा लुकाई छिपाई ल्याएको बिल बिनाको ६६ लाख ८९ हजार आठ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबाइलहरूसहित वृद्धलाई पक्राउ गरेको हो। विभिन्न कम्पनीका ८९ थान मोबाइलसहित उनलाई पक्राउ गरि प्रहरीको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

गल्छी–त्रिशूली सडक खण्डमा प्रहरी अधिकृत सहितको टोलीले सवारी साधन चेकजाँचका क्रममा भन्सार छलीको मोबाइल ठूलो मात्रामा भेटिएको हो।  तत्काल मोबाइलहरू बरामद गरि विष्टलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको डीएसपी भारतीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.