जापानिज इन्सेफ्लाइटिसबाट  उदयपुरमा एक बालकको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट  उदयपुरमा एक बालकको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

उदयपुर : जापानिज इन्सेफ्लाइटिस रोगबाट उदयपुरमा एक बालकको ज्यान गएको छ भने अर्का एकको उपचार भइरहेको छ। गत साउनदेखि बिराट मेडिकल कलेज बिराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको हो। 

क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ)को टोकाइबाट यो रोग लाग्ने गर्दछ। उनलाई करिब तीन महिनाअघि सेतो जातको लामखुट्टेले टोकेको थियो।  

उनलाई पटक–पटक ज्वरो आउने, बेहोस हुने जस्तो लक्षण देखिएको थियो। उपचारका क्रममा बिराट मेडिकल कलेजमा जापानिज इन्सेफ्लाइटिस रोग लागेको पत्ता लागेको थियो। उपचार नियमित भइरहे पनि उनको मष्तिष्कभित्रको नशाको पानी सुकेपछि मृत्यु भएको बताइएको छ। 

कक्षा ५ मा अध्ययनरत बालकको अकल्पनीय मृत्युमा विद्यालयले मंगलबार शोक बिदा दिएको स्टान्डर्ड भिजन एकेडमी स्कुलका प्रबन्ध निर्देशक नवराज ठकुरिले बताए। अस्पतालका अधिकृत प्रमेशराज देवकोटाले सोमबार बिहान २ बजेतिर जापानिज इन्सेफ्लाइटिसका कारण अनमोलको मृत्यु भएको पुष्टि गरे। 

उनीसँगै सोही रोगबाट विरामी भएका बेलका नगरपालिका ६ का १४ वर्षीय सायल राईको उपचार भइरहेको बताइएको छ। उनी दुई महिना अघिदेखि सोही अस्पतालमै रोगसँग जुझिरहेको परिवारले जनाएको छ। उनलाई भेन्टिलेटरका राखेर उपचार गराइएको छ। 

उपचारमा १६ लाख बढी खर्च भैसकेकाले थप उपचारका लागि आर्थिक स्रोत नभएका भन्दै परिवारले सहयोगको याचना गरेको छ। काका राजकुमार राईका अनुसार अस्पतालले रोग प्रतिरोधात्मक क्षमता अनुसार उपचारमा भर पर्ने जानकारी दिएकाले अझै कति दिन राख्नु पर्ने हो एकिन छैन।
    
‘बिरामी आँखा हेर्न सक्ने अवस्थामा रहे पनि शरीरका कुनै पनि भाग चल्न सकेको छैन,' उनले भने, ‘बिरामी पछि कस्तो हुन्छ भन्ने कुरा डाक्टरले भन्न सकेका छैनन्। बिरामीको शक्ति बढ्दै गए रोगलाई जित्न सके छिटै रिकभर हुन सक्छ भनेका छन्।'

के हो जापानिज इन्सेफ्लाइटिस ?

जापानिज इन्सेफ्लाइटिस, क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ) को टोकाइबाट फैलिने रोग हो। जापान र कोरिया लगायतमा मुलुकबाट फैलिएकाले यसलाई जापानिज इन्सेफ्लाइटिस भनिएको हो।

धानखेती र बंगुरपालन बढी भएको क्षेत्रमा देखिने सेतो लामखुट्टे साँझ र बिहान बढी सक्रिय हुन्छ। यो रोग सार्ने लामखुट्टेले सुरुमा जलचर पशुपक्षीलाई टोक्न चाहन्छ। तर, फेला नपरेपछि मानिसलाई टोक्ने गर्छ।

जापानिज इन्सेफ्लाइटिस भएपछि अत्याधिक ज्वरो आउने, बर्बराउन थाल्ने, स्मरणशक्तिमा ह्रास आउने, अंगहरूमा पक्षघात हुने र मानिसको मृत्युसम्म हुन्छ। यो रोग लागेका एकतिहाइलाई कडा खाले रोग पक्षघात, स्मरणशक्तिको ह्रास र अपांगता हुने गर्छ भने एकतिहाइको मृत्यु हुने गर्छ। जापानिज इन्सेफ्लाइटिसबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.