ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा

ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा. राणा
सुन्नुहोस्

ललितपुर : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताएकी छन् । नेपाल युथ फाउन्डेसनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा. राणाले ओल्गाले जीवनमा आफूलाई हजारौं बालबालिकाहरूको भविष्य निर्माणमा निःस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताए ।

‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नुभएको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरेँ, तब मैले उनले सिर्जना गरेको विरासत र उनले भविष्य निर्माण गरिदिनुभएको हजारौं मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु’, डा राणाले भनिन् ।

ओल्गा डेविस मरी नेपाल युथ फाउन्डेसनको संस्थापक हुन् । अमेरिकी नागरिक मरीले फाउन्डेसनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरूका लागि जीवन समर्पित गर्दै आएका थिए । अवसरविहीन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पुर्‍याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताए ।

मरीले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिसा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउन्डेसनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।

सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.