जेठो गाई गौशालालाई लाखौं बढी बक्यौता उठाउनै सकस

जेठो गाई गौशालालाई लाखौं बढी बक्यौता उठाउनै सकस
सुन्नुहोस्

गौशाला (महोत्तरी) : महोत्तरीस्थित देशकै जेठो गाई गौशाला निगौल गाई गौशालाको विभिन्न शीर्षकमा गरी ३५ लाखभन्दा बढी रकम बक्यौता उठाउन बाँकी छ । कार्यालय स्रोतले दिएको जानकारीअनुसार वर्षौंदेखि व्यावसायिक भवनको सटर, अधिनमा रहेको खेतबाट उठाउन बाँकी मनखप, ठेक्काबापत असुलउपर गर्न बाँकी रकम गरी ३५ लाख ४८ हजार ६ सय ७० रुपैयाँ छ ।

कार्यालय स्रोतले दिएको जानकारीअनुसार सटर भाडाबापत ४ लाख ६८ हजार ८ सय ५१ रुपैयाँ, बगैंचा ठेक्काबापत २ लाख ५५ हजार, नयाँ पोखरी ठेक्काबापत ६ लाख ६० हजार र पुरानो पोखरी ठेक्काबापत ८ लाख ५४ हजार ६ सय ५४ रूपैयाँ रहेका छन् । यता विभिन्न व्यक्तिहरूले मनखपमा लिएको खेतीयोग्य जग्गावापतको १३ लाख १० हजार १ सय ६५ रुपैयाँ बाँकी छ । बारम्बार लिखित एवं मौखिक रूपमा ती रकम वुझाउनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको कार्यालयका लेखापाल रोहितकुमार कर्णले जानकारी दिए । 

कार्यालयका नाममा बाँकी रहेको रकम उठाउनका लागि सरोकारवाला निकायसमक्ष पहलकदमी गर्ने कार्यालय स्रोतले जनाएको छ । निगौल गाई गौशाला मातहतमा रहेका सार्वजनिक सम्पत्तिको संरक्षणमा जुटेका कर्मचारीहरूले सेवाग्राहीबाट उल्टै बिनाकारण गाली बेइज्जती सहनुपरेको छ । जसले गर्दा उनीहरूको मन खिन्न भएको छ । राष्ट्रिय सहकारी वोर्डद्वारा सञ्चालित निगौल गाई गौशालाको अधीनमा रहेको कमर्सियल भवनको मासिक भाडा उठाउन जाने क्रममा त्यहाँँ पसल थापेकाहरूले उल्टै कर्मचारीलाई नानाथरी गाली बेइज्जती गर्ने गरेका छन् ।

व्यावसायिक भवनको कोठा नं. ६ मा सञ्चालनमा रहेको महालक्ष्मी खाद्य तथा वीज भण्डारका संचालक शम्भु साहसँग पैसा माग्न जाँदा आफूलाई गाली बेइज्जती गरिएको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए । चौधरीले भने, ‘वर्षौंदेखि सटरको भाडा तिर्न बाँकी रहेकोले भाडा उठाउन आफ्नो टिमसहित जाँदा उल्टै आफूमाथि जाइलागेका थिए ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.